सुनको भाउ इतिहासकै उच्च, एकै दिन तोलामा चार हजारले बढ्यो


२०८१ चैत १ शुक्रबार १८:४१ बजे

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ इतिहासकै उच्च विन्दूमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो।

यस्तै बुधबार भने प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा सुनको कारोबार भएको थियो । बुधबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७