चलचित्र ‘होस्टेल–३ ’ ले कति कमायो ?


२०८१ चैत १ शुक्रबार १८:३४ बजे

काठमाडौं । चलचित्र ‘होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ । फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार फिल्मले ६ दिनमा अर्थात बुधबारसम्म ग्रस २ करोड २० लाख कमाएको छ ।

आज शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको ‘होस्टेल ३’ बिहीबारबाट मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा प्रदर्शनमा आएको छ । सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायतको अभिनय छ । होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७