रुख ढाल्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु


२०८१ चैत १ शुक्रबार १८:२८ बजे

दैलेख । दैलेखको भैरबी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुख ढाल्ने क्रममा च्यापिएर दुई जनाको मृत्यु भएको छ । गाउँमा वर्ष दिनको बरखीका लागि रुख काट्न गएका ४९ वर्षका तर्कबहादुर शाही र २७ वर्षका ईन्द्रबहादुर शाहीको सल्लाको रुख ढाल्दा रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अगुवा देबिराम आचार्यले जानकारी दिए ।  

रुखले च्यापिएर दुई जनाको मृत्यु भएको खबर आएपछि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले बताए । प्रहरी प्रमुख दाहालले घाइते दुई जनालाई उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७