रोनाल्डोको गोलमा अल नासरको शानदार जित


२०८१ चैत २ शनिबार १७:२८ बजे

काठमाडौँ । अल नासरले अल खोलुउदलाई पराजित गरेको छ । गए राति सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३–१ गोल अन्तरले विजयी भएको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले एक एक गोल गरेका थिए । त्यस्तै अल खोलुदका लागि अल नासरका अलि लाजामीले आत्मघाती गोल गरेका थिए ।

यस खेलमा नवाफ बोउशलले खेलको ५६औं मिनेटमा रातो कार्ड पाउदा अल नासर १० खेलाडीमा सीमित भएको थियो। यो जितपछि अल नासरको २५ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अल खोलुदको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७