बर्दियामा जनमत र नाउपाको एकता वार्ता जारी


१५:२५ बजे

बर्दिया । मधेश र तराईमा गत आम निर्वाचनमा उदाएका जनमत र नागरिक उन्मुक्ति पार्टी एकताका लागि बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा पहिलो कार्यदलको बैठक बसिरहेको छ । कार्यदलको बैठकले विधान मस्यौदा प्रतिस्थापनका लागि समिति बनाउने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आइतबार बस्ने बैठकमा विधानले मूर्तरुप पाउने जानकारी दिए।

पार्टी एकीकरणका लागि बैशाख ५ र ६ गते टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्ने उनले जनाए । गुलरियामा चौधरीको घरमा बिहान सीके राउतसँग भेटवार्तापछि उनीहरु अमरपुर गएका छन् । संक्षिप्त कुराकानीमा जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय दलको आधारमा राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व जनमत पार्टीले लिने बताए ।

एकीकरणका लागि दुबै पार्टीबीच कुनै डिमाण्ड नभएको अध्यक्ष राउतको भनाइ छ । उनले भने, ‘केही कुरामा समझदारी नभए दुबै पार्टीले आ–आफ्ना अडान छाड्नेछौं । जति हुन्छ छिटो एकिकरणको मुद्दा टुंग्याउने छौं । पहिचानको मुद्दा दुबै पार्टीको हो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७