कुलमानको पुनर्बहाली र मन्त्री खड्काको राजीनामा माग्दै प्रदर्शन


१५:१६ बजे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै माइतीघर मण्डलीमा प्रदर्शन भएको हो ।

घिसिङका समर्थकहरूले उर्जामन्त्री दिपक खड्काको राजीनामा समेत मागेका छन् । बानेश्वरबाट सुरु भएको र्‍याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो । कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिका नाममा निकालिएको प्रदर्शनमा विभिन्न संघ-संगठन तथा सर्वसाधारणको सहभागिता रहेको थियो । बौद्ध भिक्षुहरू समेतको सहभागिता रहेको र्‍यालीमा कुलमानलाई अपमानजनक ढंगले निकालिएको लगायतका नारा लगाइएको थियो।

सरकारले चैत ११ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई २०७८ साल साउन २६ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सरकारले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो । २०७३ भदौ २९ को पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् निर्णयबाट पहिलोपल्ट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७