कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य

काठमाडौं । चारदेशीय टि –२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १८६ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनाएको हो ।
कुवेतका लागि ओपनर क्लिन्टो एन्टो लेस सर्वाधिक ४१ रन बनाए । उनले ३० बलमा ४चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर रविजा सान्र्दुवानले २६ रन बनाए । मित भावसारले ३५ उस्मान पटेलले १३ विलाल ताहिरले ३२ रन बनाए।
कप्तान मोहम्मद आस्लम १७ र यासिन पटेल ३ रनमा अविजित रहे । नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ विकेट लिँदा, ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो ।