कर्णालीमा विद्युत र टेलिफोन सेवा अवरुद्ध


२०८१ चैत २८ बिहीबार १०:१९ बजे

सुर्खेत । हावाहुरीका कारण कर्णाली प्रदेशका अधिकांस जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्व भएको छ । बुधबार राति आएको असिना पानी सहितको हावाहुरी र चट्याङले रुख ढाल्दा विद्युत् सेवा अवरुद्ध भएको हो । 

हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र सञ्चालनमा आएको छ । 

यस्तै, रुख ढलेका कारण विद्युत सेवा बन्द हुँदा नेपाल टेलिकमको टावरहरू बन्द भएका छन् । विद्युत आपुर्ति नहुँदा कतिपय स्थानका उपकरणहरु सञ्चालनको लागि आवश्यक ब्याट्री, पावर व्याकअफ नहुँदा केही ठाउँमा सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकमका प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७