घट्यो सुन–चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२०८२ बैशाख १५ सोमबार १६:२८ बजे

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । अघिल्लो दिन आइतबार एक सय रुपैयाँले बढेको सुन आज १४ सय रुपैयाँले घटेको हो । नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार  आज १४ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको हो ।

आइतबार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ७०० पुगेको थियो । यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ । आज २० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य १९ सय ७० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला चाँदी १९ सय ९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७