शशांकलाई राजेन्द्रको जवाफ : स्पष्टीकरण तपाईंलाई सोध्नु पर्छ


२०८२ जेठ १२ सोमबार १९:०० बजे

काठमाडौं । भिजिट भिसा प्रकरणमा प्रश्न उठेका मन्त्रीहरूलाई हटाउनु पर्ने माग राखेका नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्ने भनी कांग्रेस सांसद तथा पूर्व महामन्त्री डा. शशांक कोइरालाले पार्टी बैठकमा माग गरेपछि पार्टीभित्रै आलोचना सुरु भएको छ ।

कांग्रेस सांसद राजेन्द्र बजगाईंले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण शशांक कोइरालालाई सोध्नु पर्ने जवाफ दिएका छन् । उपहार र राजनीतिक पदको सौदाबाजीका कुरा उठाउँदै बजगाईंले स्पष्टीकरण डा. कोइरालालाई सोध्नुपर्ने माग गरेका हुन् । ‘म चाहँदैनथें कि मलाई किया र दुईवटा महिन्द्रा जस्ता एसयूभी उपहारहरू, सुनको रोलेक्स घडी, नगदले भरिएका डफेल झोलाहरू, तथाकथित ‘घरको जीर्णोद्धार’ वा राजनीतिक पदहरूको सौदाबाजीबारे प्रश्न उठाउनु परोस् । तर याद राख्नुहोस्, स्पष्टीकरण तपाईंलाई सोधिनै पर्नेछ,’ उनले सामाजिक सञ्जालमार्फत शशांकलाई चुुनौती दिएका छन् ।

मन्त्रीहरूमाथि प्रश्न उठाउने नेताहरूलाई शशांक कोइरालाले स्पष्टीकरण सोध्नुपर्ने भनी पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा माग गरेका थिए । सांसदहरू डा. शेखर कोइराला, डा. सुनील शर्मा र बजगाईंलाई स्पष्टीकरण सोध्नुपर्ने प्रूस्ताव गरेका थिए । उक्त विषयमा बजगाईंले भने, ‘हामी भ्रष्टाचार विरोधी कुरा गरिरहेका छौं । भ्रष्टाचार भयो अथवा भिजिट भिसाको बारेमा कुरा गरेपछि त सभ्य, शालीन भएर पार्टी सभापतिलाई चिठी लेखेको थिए । भ्रष्टाचारबारे कुरा गर्दा उल्टो प्रष्टिकरण सोध्छु भन्ने ? बाहिर आएर पनि उक्त कुरा बताउने तर उहाँ प्रवक्ता होइन,’ उनले भने, ‘भ्रष्टाचार विरोधी कुरा गर्दा प्रष्टिकरण सोध्ने मान्छेले गिफ्ट लिन मिल्छ ? मिल्छ भन्ने मान्छे भ्रष्टाचारको पक्षधर हो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७