बढेन कर्मचारीको तलब बढेन, पाँच हजार महँगी भत्ता


२०८२ जेठ १५ बिहीबार १०:४६ बजे

काठमाडौं । सरकारले सरकारी कर्मचारी तलव वृद्धि नगरे पनि महंगी भत्ता वृद्धि गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता पाँच हजार पुर्‍याइएको हो ।

नयाँ बजेटमा तलब भने बढाइएन । तीन वर्षअघि तलब बढेकोमा यस वर्ष कर्मचारीको तलब बढ्ने अपेक्षा थियो । तर, स्रोतको अभावका कारण तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७