आलोचनापछि गृहमन्त्रीले सच्याए निर्णय : अख्तियारका डीआइजीको दिउँसो सरुवा, साँझ फेरि फिर्ता


१२:०० बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महाशाखामा पदस्थापन भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर राना हाजिर नहुँदै सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले अख्तियारमा डीआईजी हिमालय कुमार श्रेष्ठलाई नै फर्काइएको छ। यसअघि उनलाई काठमाडौं उपत्यका प्रहरी रानीपोखरी पठाइएको थियो। अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा तत्काल कार्यान्वयन नहुने भएको छ।

गृहमन्त्री रमेश लेखकले ११ जना डीआईजीको पदस्थापन गरेसँगै अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठलाई पनि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गर्ने निर्णय गरेका थिए । तर, १३ गते (मंगलबार) को मितिमा भएको उक्त निर्णय सार्वजनिक भएसँगै गृहमन्त्रीको आलोचना हुन थालेपछि तत्काल कार्यन्वयन नगर्ने पक्षमा रहेको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि श्रेष्ठलाई अख्तियारबाट सरुवा गरेर रानालाई अख्तियारमा पदस्थापन गर्ने निर्णय भएको थियो । अख्तियारमा भिजिट भिसाको सेटिङमा अनुसन्धान भइरहेकाले अख्तियारका डीआईजी सरुवा गर्दा विवाद देखिएको हो ।

भिजिट भिसाको सेटिङमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई मुछिएका छन्। उनी अनुसन्धानमा तानिएपछि उनलाई अध्यागमनमा सरुवा गर्ने गृहमन्त्री र गृह मन्त्रालयका अन्य कर्मचारीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ। गृहमन्त्रीमाथि अनुसन्धानको माग गरेर विपक्षीहरूले संसद अवरुद्ध गरिरहेका छन्  बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै फेरि पनि संसद चल्न नदिने अडान कायम राखेका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७