रमण कन्स्ट्रक्सनका सञ्चालक महत्तो पक्राउ

काठमाडौं । रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महत्तो पक्राउ परेका छन् । उनलाई (मंगलबार) काठमाडौंबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले काठमाडौं जिल्ला प्रहरी परिसरलाई पक्राउ गर्न पत्राचार गरेपछि उनी पक्राउ परेका हुन् । उनलाई काठमाडौं प्रहरीले धनुषा पठाइसकेको छ ।
धनुषा प्रहरीले जेठ ६ गते जिल्ला अदालत धनुषाबाट उनीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । रमन कन्स्ट्रक्सन मधेश प्रदेशमा धेरै ठूला सडकको ठेक्कापट्टा गर्दै आएको कम्पनी हो । ठेक्काको विषयमा साझेदारी कम्पनीसँग लफडा भएपछि प्रहरीमा उजुरी आएकाले अदालतको आदेश अनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले जानकारी दिएका छन् ।
‘उहाँको कामको लेनदेनको विषयलमा नियन्त्रणमा लिएको हो,’ एसपी रेग्मीले भने । रमण र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रा. लि.ले सडक निर्माणको लागि संयुक्त काम गरेका थिए । त्यसै क्रममा रमणले इन्फ्रास्ट्रक्चर कम्पनीलाई ठगी हुने गरी काम गरेकाले उनीविरुद्ध सन्तोष यादवले उजुरी दिएका थिए । बैंक ग्यारेन्टीमा रहेको रकम महत्तो एक्लैले बिना जानकारी झिकेकाले यादवले उजुरी दिएको बताइएको छ ।