यातायात व्यवसायीले फिर्ता लिए आन्दोलन


१९:०५ बजे

काठमाडौं । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिए। 

एक महिनाको शर्त राखेर आन्दोलन फिर्ता लिएको उनले बताए। ‘गण्डकी प्रदेशको पत्र आयो। अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएको छ’, उनले भने। अब बेलुकादेखि नै गाडी चल्ने चल्ने व्यवसायीले बताएका छन्। गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव नेपालले बताए।

उनले भने, ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं। अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं। अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७