अध्यक्षमाथि प्रतिशोध साँधियो, पञ्तिवाद गर्छौ : एकीकृत समाजवादी


२२:५१ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले राजनीतिक प्रतिशोध राखेर अध्यक्ष माधव नेपालमाथि मुद्दा दर्ता गर्न लगाएको आरोप लगाएका छन्।अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । पाण्डेले यो जग्गा प्रकरणमा भ्रष्टाचारसँग जोडिने अध्यक्ष नेपालले कुनै अपराध नगरेको दाबी गरेका छन्।

यसअघि नै मुद्दा नचलाउने भनेर तामेलीमा राखिएको निर्णय उल्ट्याएर सरकारले मुद्दा चलाउनुले प्रतिशोध भएको देखिएको दाबी गरे। उनले भने, ‘यो मात्रै होइन गिरीबन्धुमा पनि यस्तै नीतिगत निर्णय भएका छन्, नीतिगत निर्णयलाई यसै गरी भ्रष्टाचार हो भन्दै मुद्दा लगाउने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुन्छन्।’ पार्टी उपाध्यक्ष वेदुराम भुसालले पनि पार्टी अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोध साधेर आक्रमण भएको भन्दै राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताए।

‘मुद्दाको सम्बन्धमा दुईवटा पक्ष छन्। एउटा, यसको राजनीतिक पक्ष छ । दोस्रो, यसको कानुनी पक्ष छ। राजनीतिक प्रतिशोध साँधेर जुन आक्रमण भएको छ, यसको हामी राजनीतिक रूपमा प्रतिवाद गर्छौं । कानुनी पक्षको कुरामा हामी कानुनी हिसाबमा नै प्रतिवाद गर्छौं,’ भुसालले भने। भ्रष्टाचार मुद्दा दर्ता भएको सूचना मिडियाबाट जानकारी पाएको भन्दै उनले औपचारिक रूपमा सूचना आएपछि पत्र हेरेर प्रतिक्रिया दिने बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७