फेरि बढ्यो सुनको भाउ, तोलाको कति पुुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बुुधबार) सुनको मूल्य पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। यो हिजो मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो। मंगलबार चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रुपैयाँ थियो।