आज कहाँ छ राजावादीहरुको प्रदर्शन ?


०४:१४ बजे
फाइल फोटो

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज (मंगलबार) काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन्। राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् ।

उनीहरुले हिजो (जेठ १९ गते सोमबार) विरोध प्रदर्शनका कार्यक्रम स्थगित गरेका थिए । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन् ।

उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए । राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । यो आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना नभएसम्म जारी रहने उनीहरुले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७