प्रचण्डलाई पनि ‘विशेष’ कुर्सी


१२:२४ बजे

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा शीर्ष तीन दलका नेताबीच छलफल जारी छ । छलफलमा प्रधानमन्त्री ओलीका अलवा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।

बैठकमा गृहमन्त्री रमेश लेखकसहित कांग्रेस–माओवादीका अन्य नेताहरू पनि सहभागी छन् । तर, आजको बैठकको चर्चा गर्नयोग्य विषय भने माओवादी अध्यक्ष दाहालका लागि पनि विशेष कुर्सीको व्यवस्था गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालका लागि उस्तै कुर्सीको व्यवस्था गरिएको छ । प्रधानमन्त्री ओलीका लागि भने बीचमा अझ विशेष खाले कुर्सी राखिएको छ ।

सदाको बैठकमा यस्तो हुँदैनथ्यो, बीचमा प्रधानमन्त्री ओली विशेष कुर्सीमा हुँदा देउवा र दाहाल दायाँ–बायाँ सोफामै हुन्थे। तर, आजको बैठकमा भने देउवा र दाहालका लागि उस्तै कुर्सीको व्यवस्था गरिएको छ । गठबन्धनको बैठकमा भने प्रधानमन्त्री ओली र देउवाका लागि विशेष कुर्सी राख्ने चलन सुरु गरिसकिएको छ । आजको बैठकबाट शीर्ष नेताहरूको बैठकमा पनि यो चलन सुरु गरिएको छ ।

आजको बैठकको एजेण्डा मुख्यतः गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको भनिएको भिजिट भिसा प्रकरणसँगै जोडिएको संसद्को अवरोधमा केन्द्रित छ । भोलि संसद् बैठक बस्दैछ । माओवादीसहितका दलहरूले संसद् बैठकको अवरोध यथावत् राख्ने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीले बैठकअगावै संसद्को उक्त अवरोध हटाउन चाहेका छन्। प्रधानमन्त्री ओलीले त्यसका लागि बैठक आह्वान गरेका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७