घट्यो सुनचाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार  ?


२०८२ बैशाख १७ बुधबार १६:२४ बजे

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन मंगलबार ५ सय रुपैयाँले बढेको सुन आज ७ सयले घटेको हो ।  नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य एक लाख ८८ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला सुनको मूल्य एक लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज एक तोला चाँदीको  मूल्य एक हजार ९६५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७