पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले बन्द गर्यो यी ३२ विमानस्थल

काठमाडौं । भारत र पाकिस्तानबीच सैन्य तनाव चर्किदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन् । स्थानीय समय अनुसार राति करिब ३ः१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
यसैबीच केही क्षणअघि भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ । दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ । अपरेसन सिन्दुर नाम दिएर भारतले बुधबार पाकिस्तानका ९ ठाउँमा हवाइ आक्रमण गरेपछि पाकस्तानले बिहीबार त्यसको जबाफ दिएको थियो ।
त्यसपछि दुवै देशबीच मिसाइल र ड्रोन हानाहान भएको थियो । भारतीय र पाकिस्तानी सञ्चारमाध्यमहरुका अनसार दुई रातमा भारतले तीन सय देखि ४०० पाकिस्तानी ड्रोन निस्तेज पारेको छ भने पाकिस्तानले ७२ वटा मिसाइल र ड्रोन निष्क्रिय पारेको छ । शनिबार बिहान जम्मू–काश्मि क्षेत्रको सीमानामा ठूला– ठूला धमाकाहरू सुनिएको थियो । भारतले सीमा क्षेत्रका मानिसहरूलाई त्यहाँबाट अन्यत्र सार्ने काम गरिरहेको छ।
भारतले बन्द गरेका ३२ विमानस्थल
अधामपुर
अम्बाला
अमृतसर
अवान्तीपुर
बठिन्डा
भुज
बिकनेर
जइसाल्मर
जमनगर
जोधपुर
कान्द्ला
कंग्रा
किशोद
कृष्णगढ
कुलु मनाली (भुन्टर)
लेह
लुधियाना
मुन्ड्रा
पठानकोट
पटियाला
पोरबन्दर
राजकोट (हिरासर)
सरसवा
सिमला
श्रीनगर
थोइस
उत्तरलाइ
नलिया
चन्डिगढ
हलवारा
हिन्डन
जम्मू