गोरुले हानेर मृत्यु


२०८२ बैशाख २७ शनिबार १३:५८ बजे

रुकुम पूर्व । रूकुम पूर्वको भुमे गाउँपालिका–८ कोर्जा मेलाधारामा गोरुले हानेर एक जनाको मृत्यु भएको छ। शुक्रबार बारीमा मकै रोप्नलाई गोरु नार्ने क्रममा गोरुले हानेर भूमे–८ कोर्जाका ५३ बर्षीय बलबहादुर खडकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक (डिएसपी) उमाशंकर यादवले जानकारी दिए।

घरदेखि करिब एक सय मिटर टाढाको बारिमा गोरु नार्ने क्रममा घाइते भएका खडकालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको हो । मृतक खडकालाई जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ। पोष्टमार्टम आज हुने भएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७