मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक

काठमाडौं । भारत–पाकिस्तानबीचको जारी तनावका बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष सुरक्षा र सैन्य अधिकारीहरूसँग उच्चस्तरीय बैठक गरेका छन् ।
बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, तथा थलसेना, जलसेना र वायुसेनाका प्रमुखहरू सहभागी भएका छन् । प्रधानमन्त्रीको कार्यालयले बैठकको विस्तृत विवरण सार्वजनिक गरेको छैन । बैठकमा पाकिस्तानबाट मिसाइल र ड्रोन प्रहारमार्फत भारतमा आक्रमण भएको घटनाबारे छलफल भएको बताइएको छ ।