युद्धविरामपछि पनि पाकिस्तानले विष्फोट गरेको भारतको आरोप


२०८२ बैशाख २८ आइतबार ११:५२ बजे

काठमाडौं । सम्झौता भएको केही घण्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतले आरोप लगाएको छ।शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको थियो ।

तर त्यसको केही घण्टापछि शनिबार राति करिब ११ बजे भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन गरी पाकिस्तानले फेरि आक्रमण सुरु गरेको बताएका हुन् । विशेष ब्रिफिङमा मिश्रीले भने, ‘पछिल्ला केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्न आज साँझ सम्झौता भएको छ । पछिल्ला केही घण्टादेखि पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको छ ।’

‘भारतीय सेनाले जवाफ दिइरहेको छ र सीमा अतिक्रमणको सामना गरिरहेको छ । यो अतिक्रमण अत्यन्तै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ ।’ करिब साढे दुई मिनेटको पत्रकार सम्मेलनमा विक्रम मिश्रीले भने, ‘हामी विश्वास गर्छौं– पाकिस्तानले यो अवस्थालाई राम्ररी बुझ्नुपर्छ र यो अतिक्रमण रोक्न तुरुन्तै उचित कारबाही गर्नुपर्छ ।’ उनले सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र सेनालाई कुनै पनि अतिक्रमणविरुद्ध ठोस र कडा कारबाही गर्न आदेश दिइएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७