प्रचण्डलाई ओलीले भने–ऐनामा आफ्नै अनुहार हेरेर गाली नगरे हुन्थ्यो


२०८२ बैशाख २८ आइतबार १२:३३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेताले टिप्पणी भन्दा पनि गालीगलोज गरेको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आफूले त्यसबारे धेरै टिप्पणी गर्न नचाहेको बताए । ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेता ज्यू र अरु केही विपक्षीका मान्यजीहरुले अलि टिप्पणी भन्दा पनि गालीगलोजको भाषा बोल्नु भएको थियो,’ ओलीले भने, ‘म त्यतापट्टी जान चाहिनँ, गइनँ ।’

उनले प्रचण्डतिर लक्षित गर्दै आफै ऐना हेरेर, आफ्नो अनुहार देखेर आफैलाई गाली गरेको समेत टिप्पणी गरेका छन् । ‘ऐना अगाडि राख्ने, ऐनामा हेर्ने । अनि यस्तो रहिछ्स्, उस्तो रहिछस् भनेर अरुलाई गाली गर्ने,’ ओलीले भने, ‘मैले त्यसमा केही भनिरहनु आवश्यक छ जस्तो लाग्दैन । आफै ऐना हेर्ने, आफ्नो अनुहार देख्ने अनि अरुलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह हो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७