हिजो तोलामा १४ सयले बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा हिजो (आइतबार) तोलामा एकै दिन एक हजार चार सयले बढेको सुनको भाउ आज (सोमबार) घटेको । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। आज चाँदी आइतबारकै मूल्यमा कारोबार भइरहेको छ। आइतबार चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भएको थियो । आज पनि चाँदी सोही मूल्यमा कारोबार भइरहेको हो।