रवि लामिछाने सभापतिमा निर्विरोध


२०८३ असार ९ मंगलबार २२:४७ बजे


भरतपुर, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को  सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । 

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि लामिछाने निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।

उनका अनुसार अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ ।  आज राति १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७