प्रदर्शनकारीमाथिका मुद्दा फिर्ता नभए फेरि आन्दोलन गर्ने सीजेपीको चेतावनी


२०८३ श्रावण ११ सोमबार १९:१८ बजे

काठमाडौं :  ककक्रोच जनता पार्टीले प्रदर्शनमा सहभागी विद्यार्थीमाथि लगाइएका सबै मुद्दा फिर्ता नभए पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ।पार्टीका प्रवक्ता आशुतोष रंकाले सरकारलाई प्रदर्शनकारीविरुद्ध दर्ता गरिएका मुद्दा तत्काल खारेज गर्न माग गरेका छन्। 

सीजेपीका प्रवक्ता आशुतोष रंकाले नयाँ वक्तव्यमार्फत सरकार, विशेषगरी केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहलाई प्रदर्शनकारीविरुद्ध कुनै पनि कानुनी कारबाही नगरिने सुनिश्चित गर्न आग्रह गरेका छन्। उनले पक्राउ परेका सबै विद्यार्थीलाई तत्काल रिहा गर्न पनि माग गरेका छन्।

उनले सरकारका सम्बन्धित मन्त्रीहरूलाई प्रदर्शनकारीमाथि थप कुनै पनि कानुनी कारबाही नगर्ने सुनिश्चित गर्न आग्रह गरेका छन्। रंकाले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा प्रदर्शनकारीविरुद्ध दर्ता गरिएका सबै मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्नुपर्ने र आगामी दिनमा पनि यस्ता मुद्दा दर्ता नगर्ने सहमति कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका छन्।

रंकाले सामाजिक सञ्जाल एक्स मा लेखेका छन्, 'हामी माग गर्दछौं कि प्रदर्शनकारीविरुद्ध दर्ता गरिएका सबै एफआईआर तत्काल फिर्ता गरियोस्, विद्यार्थीहरूलाई रिहा गरियोस् र भविष्यमा पनि कुनै एफआईआर दर्ता नगरियोस् (हामीबीच भएको सहमतिअनुसार)। दिल्ली प्रहरी, केन्द्रीय अनुसन्धान निकायहरू वा भाजपा समर्थित राज्यका प्रहरीले यस्तो नगरेमा हामी फेरि आन्दोलनमा बस्न बाध्य हुनेछौं।' 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७