वैदेशिक रोजगारीमा जाने बढे, महिलाको संख्या पनि लाग्यो उकालो

वैदेशिक रोजगारीमा जाने नेपाली बढे, साउनमा ७० हजार ४४१ ले लिए श्रमस्वीकृति


२०८३ भदौ ३ बुधबार ०७:५९ बजे

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० हजार ४४१ नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रमस्वीकृति लिएर विदेश जानेको संख्या गत वर्षको साउनको तुलनामा २ हजार ३३१ ले बढी हो। गत वर्ष साउनमा ६८ हजार ११० जनाले श्रमस्वीकृति लिएका थिए।

यस वर्ष साउनमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिने महिलाको संख्या पनि बढेको छ। विभागका अनुसार गत वर्ष साउनमा ९ हजार १६२ महिला विदेश गएकामा यस वर्ष ९ हजार ९६९ जना पुगेका छन्। श्रम गन्तव्यबाट माग बढेका कारण पछिल्लो समय वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको विभागले जनाएको छ। स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि विदेश जाने प्रवृत्ति बढिरहेको छ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विदेशबाट आउने रेमिट्यान्स पनि बढ्दै गएको छ। पछिल्लो तथ्याङ्कअनुसार रेमिट्यान्स २२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७