आकाशे पुल प्रयोग गर्न अनुरोध गर्दा ड्युटीमा खटिएकी प्रहरी महिलामाथि हातपात, एक पक्राउ


२०८३ भदौ ९ मंगलबार १४:५६ बजे

काठमाडौं : काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवान महिलामाथि एक युवकले हातपात गरेको भिडियो सार्वजनिक भएको छ। प्रहरीका अनुसार मंगलबार बिहान ट्राफिक तथा सुरक्षा व्यवस्थापनमा खटिएकी महिला प्रहरी जवानले कठायतलाई जथाभावी सडक पार नगर्न र नजिकै रहेको आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्।

सोही विषयमा विवाद भएपछि उनले प्रहरी जवानमाथि हातपात गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसैबीच प्रहरीले ड्युटीमा खटिएकी प्रहरी जवान महिलामाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वरमा बस्दै आएका २७ वर्षीय राज कठायत रहेका छन्।

घटनालगत्तै आसपासमा खटिएका सुरक्षाकर्मीले कठायतलाई नियन्त्रणमा लिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीमाथि ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७