अधिवक्ताले गरे सर्वोच्च अदालत परिसरबाट आत्महत्याको प्रयास
ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि लेखेका थिए सुसाइड नोट
काठमाडौं : ठगी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एक अधिवक्ताले सर्वोच्च अदालत परिसरबाट हामफालेर आत्महत्या प्रयास गरेका छन्। आत्महत्या प्रयास गर्ने अधिवक्ता लालबहादुर राई रहेको बताइएको छ।
मुद्दामा आफूविरुद्ध फैसला आएपछि उनले सुसाइड नोट लेखेर सर्वोच्च अदालत परिसरबाट हामफाल्ने प्रयास गरेको जनाइएको छ। घटनाबारे सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले पनि आफूले यस्तै विवरण सुनेको बताएका छन्।
सर्वोच्च अदालत सुरक्षा प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाका अनुसार राई सकुशल छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
.gif)

.png)

