निर्माणाधीन सर्वोच्च अदालतको नयाँ भवनमा पुनः आगलागी
तीन फाँटमा क्षति
काठमाडौं : सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। बुधबार भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ। आगलागीको खबर पाएलगत्तै प्रहरी तथा दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताएका छन्। सर्वोच्च अदालतको नयाँ भवनमा छोटो समयमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति पनि सोही भवनको अभिलेख शाखामा आगलागी भएको थियो।
त्यतिबेला अदालत प्रशासनले ‘प्रयोगविहीन अवस्थामा राखिएका पुराना कागजातहरू जलेको’ जनाएको थियो। उक्त घटनाको छानबिन प्रक्रिया जारी रहँदै पुनः आगलागी भएपछि भवनको सुरक्षा व्यवस्था र विद्युतीय संरचनाको गुणस्तरमाथि प्रश्न उठेको छ।
यसअघि २०८२ भदौ २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। त्यसयता सर्वोच्च अदालतले आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक कामकारबाही ‘एनेक्स’ भवनबाट सञ्चालन गर्दै आएको छ।
.gif)

.png)

