बाँकेमा आगलागी हुँदा सात घर जलेर नष्ट


२०८३ कार्तिक ४ बुधबार १९:१० बजे

काठमाडौं : बाँकेको जानकी गाउँपालिका–६, कपासीमा आगलागी हुँदा सात घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट अर्को एउटा घरको झ्यालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो करिब २ः२० बजे स्थानीय इद्दु खानको घरमा विद्युत् सर्ट भएर आगलागी भएको सूचना प्रहरीले पाएको थियो । कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दमकल घटनास्थलमा पुगेपछि अपराह्न ४ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । घटनामा साबिर खान, इद्दु खान, फिरोज खान र जाबिर खानका खरले छाएका एकतले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

त्यस्तै, सोही स्थानका जाबेद खान, सरनाम खान र सौरभ खानका टिनले छाएका एकतले कच्ची घर पनि पूर्ण रूपमा जलेर नष्ट भएका छन् । महेश खानको पक्की घरको एउटा झ्यालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको कुल क्षतिको विवरण खुल्न बाँकी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७