थुन्ने कुरा बोल्ने त के सोच्ने विषय पनि होइन, आईजीपीबारे प्रहरीको जवाफ
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई आईजीपीले थुन्ने भनेको दाबीलाई नेपाल प्रहरीले अस्वीकार गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले त्यस्तो अभिव्यक्ति नदिएको बताएका छन् । काफ्लेले आईजीपीले त्यस्तो कुरा बोल्ने त के, सोच्नसमेत नसक्ने बताए ।
उनले आईजीपी नियुक्त भएपछि केसी संगठनका आन्तरिक कार्यक्रमबाहेक अन्य औपचारिक वा अनौपचारिक भेटघाट नभएको दाबी गरे । उनले भने, ‘आईजी सा’बमात्रै होइन, कुनै पनि प्रहरी कर्मचारीले त्यस्तो कुरा बोल्ने भन्ने हुँदैन, त्यस्तो भएकै छैन ।’
काफ्लेले प्रहरी संगठनप्रति नकारात्मक धारणा नबनाउन पनि आग्रह गरेका छन् ।
.gif)

.png)




