यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेल पक्राउ


२०८३ मङ्सिर ३ बिहीबार ०७:२२ बजे
फाइल फोटो

काठमाडौं : मलेसिया जाने कामदारको रकम ठगी र विदेशी मुद्रा अपचलनसम्बन्धी अनुसन्धानमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत रहँदा भएको अनियमिततामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बुधबार पक्राउ गरेको हो ।

यस प्रकरणमा तत्कालीन दुई मन्त्रीसहित ६ जनालाई सीआईबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल, अर्का सहसचिव उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङ रहेका छन् ।

मलेसिया जाने कामदारबाट ठगी गरी रकम संकलन गर्नुका साथै विदेशी मुद्रा अपचलनमा उनीहरूले सहयोग गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस प्रकरणमा यसअघि व्यवसायी कैलाश खड्कालगायत व्यक्ति पनि पक्राउ परिसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७