एक करोड ६७ लाख नगदसहित ललितपुरबाट तीन जना पक्राउ


२०८३ मङ्सिर २ बुधबार १३:२० बजे

ललितपुर : स्रोत नखुलेको एक करोड ६७ लाख ३३ हजार २३० रुपैयाँसहित प्रहरीले ललितपुरबाट तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले बुधबार नख्खु दोबाटोमा सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको गाडी रोकेर जाँच गरेको थियो । 

चेकजाँचका क्रममा विभिन्न दरका नेपाली नोट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भोजपुरका ३१ वर्षीय दीपक खड्का, ललितपुर गोदावरीका ३२ वर्षीय जयराम केसी र काठमाडौंका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७