भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किँदै
काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रस्थान गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले विमानस्थलमा बिदाइ गरेका थिए ।
प्रधानमन्त्री शाह हिजो भारत भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुका साथै विभिन्न विषयमा समझदारी गरेका थिए ।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, विकास सहयोग, ऊर्जा, पूर्वाधार, व्यापार तथा पारवहनलगायतका विषयमा छलफल र सहमति भएका थिए । भ्रमणका निर्धारित कार्यक्रम पूरा गरेर प्रधानमन्त्री शाह स्वदेश फर्किएका हुन् ।
.gif)

.png)




