त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा गुडिरहेको बसमा आगलागी हुँदा एक जना जलेको अवस्थामा फेला परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार बसमा एक जना जलेको सूचना आएको छ। ती व्यक्तिको पहिचान भने खुल्न सकेको छैन।
‘एक जना मान्छे जलेका छन्। तर, पहिचान भएको छैन। हामी विस्तृत विवरण बुझ्दै छौँ,’ एसपी सुवेदीले कान्तिपुरसँग भने। प्रत्यक्षदर्शीका अनुसार राहदानी विभागअगाडि मुख्य सडकमा गुडिरहेको बसमा आगलागी भएको हो। प्रहरीले बसभित्रबाट जलेको अवस्थामा एक जनालाई बाहिर निकालेको उनले बताए।
घटनाबारे थप विवरण आउन बाँकी छ।
.gif)

.png)

