एमाले केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने


२०८३ मङ्सिर १ मंगलबार १७:२९ बजे

काठमाडौं : नेकपा (एमाले)ले मंसिर ५ गतेका लागि तय गरेको केन्द्रीय कमिटी बैठक एक दिनअघि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले बैठकको मिति परिवर्तन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

बैठकले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामा प्रस्तुत गरिने एजेन्डा पनि पारित गरेको छ । भेलाको मुख्य एजेन्डा स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालन रहेको भट्टले बताए ।

भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीका आगामी कामबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । 

वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीति र पार्टीका विषयमा, उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्ष तथा उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको कार्यकालमा भएका विकास निर्माणका कामको विवरण प्रस्तुत गर्नेछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७