एमाले केन्द्रीय कमिटी बैठक असार दोस्रो साता
काठमाडौँ, १० जेठ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आगामी असार दोस्रो साता बस्ने भएको छ। पार्टीको भर्खरै सम्पन्न सचिवालय बैठकले असार दोस्रो साता केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने निर्णय गरेको हो।
पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार बैठकको अन्तिम मिति भने अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको आवश्यक परामर्शपछि तय गरिनेछ।
केन्द्रीय कमिटीको बैठक असार १५ देखि २० गतेको बीचमा बोलाउने निर्णय भएको उपमहासचिव भट्टले जानकारी दिए।
.gif)

.png)




