नवलपुरमा यात्रु बस पल्टिँदा २५ जना घाइते


२०८३ कार्तिक ३० सोमबार १०:०३ बजे

नवलपुर : नवलपुरको कावासोतीमा यात्रु बस पल्टिँदा २५ जना घाइते भएका छन् । 

कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–११ लोकाहामा दुर्घटनामा परेको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस बिहान करिब ६ः४० बजे सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ । दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७