जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना, १४ घाइते
सिन्धुली : बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ ।
घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ । अन्य पाँच जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
.gif)

.png)




