धनुषामा छठघाटमा कुरेर बसेका वृद्ध मृत फेला, मृत्यु शंकास्पद
काठमाडौं : धनुषामा छठघाटमा पूजा सामग्री कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन् । शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादव (मनेजर) सोमबार राति छठघाटमै मृत भेटिएका हुन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा यादव एक्लै पूजा सामग्री कुरेर बसिरहेका थिए ।
मृतक यादवको गालामा चोटको निशान र रगतसमेत देखिएको प्रहरीले जनाएको छ । घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरी टोली घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी खनालले जानकारी दिएका छन् ।
.gif)

.png)




