बालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ


२०८३ कार्तिक ८ शनिबार १७:५२ बजे

उदयपुर : १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुली घर भई उदयपुरको कटारी नगरपालिका–२ मझुवामा बस्दै आएका सुशिल खड्का छन्। उनलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो।

खड्काविरुद्ध बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७