बलात्कार गरेको आरोपमा ६३ वर्षीय भारतीय नागरिक पक्राउ
तेह्रथुम : २८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ६३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भई लालीगुराँस नगरपालिका–७, लसुने बजारमा बस्दै आएका भरत साह रहेका छन्।
प्रहरीका अनुसार साहविरुद्ध ती महिलामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। उजुरीपछि इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ उनलाई नियन्त्रणमा लिएको हो। साहमाथि लागेको आरोपबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
.gif)

.png)

