१ अर्ब ३४ करोडको हुण्डी कारोबारमा युवक पक्राउ


२०८३ भदौ ३१ बुधबार २०:३२ बजे

काठमाडौं :  १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाका २४ वर्षीय अजयकुमार मुखिया पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर मुखियालाई भदौ ३० गते शहीदनगर नगरपालिका–४ बाट पक्राउ गरेको हो।

धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले मुखियालाई २०८३ भदौ ३० गते साँझ करिब ५ः२० बजे शहीदनगर नगरपालिका–४ बाट नियन्त्रणमा लिएको हो।

सीआईबीका अनुसार विभिन्न व्यक्तिगत तथा व्यावसायिक बैंक खातामार्फत रु. १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ बराबरको हुण्डी कारोबार भएको अनुसन्धानबाट खुलेको छ।

मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले कारोबारमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको जनाएको छ।

मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, उक्त अवैध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धानसमेत तीव्र पारिएको छ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७