देउवाका सासुससुरा निवासमा सीआईबीको छापा


२०८२ असोज १३ सोमबार १४:३३ बजे

काठमाडौँ : शेरबहादुर देउवाको साला भूषण राणाको घरमा छापा मारेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सासुससुरा बस्ने घरमा पनि छापा मारेको छ । 

आइतबार साला भूषण राणा र उनका आमाबुवा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले छापा मारेको हो । भूषण देउवाका साला एवं निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवाकी भाइ हुन् ।

ललितपुर महानगरपालिका–४ मा पर्ने उनीहरूको घरमा प्रहरीले छुट्टाछुट्टै छापा मारेको हो । छापा मार्ने क्रममा भूषण भने घरमा थिएनन् । आमाबुवा भने घरमै थिए ।

सीआईबीका अधिकृतहरूले बताए अनुसार, शङ्कास्पद नगद वा अन्य केही कागजात रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सीआईबीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का समेत उठाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७