उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको पनि जिम्मेवारी


२०८३ भदौ २८ आइतबार २०:०८ बजे

काठमाडौं  :  नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ। थापा यसअघि नै नेपाली सेनाको महत्वपूर्ण मानिने युद्धकार्य महानिर्देशनालयका महानिर्देशकको जिम्मेवारीमा छन्।

युद्धकार्य महानिर्देशनालयको जिम्मेवारी सम्हालिरहेका थापालाई नीति महानिर्देशनालयको समेत जिम्मेवारी दिइनुलाई आगामी प्रधानसेनापतिको नेतृत्वसँग जोडेर हेरिएको छ। सैनिक वृत्तमा उनलाई भावी प्रधानसेनापतिका रूपमा अघि बढाउने तयारीस्वरूप दुई महत्वपूर्ण जिम्मेवारी दिइएको चर्चा छ।

थापा आगामी प्रधानसेनापतिका लागि प्रमुख तथा एकल दावेदारका रूपमा समेत चर्चामा छन्। नीति निर्माणदेखि सैन्य सञ्चालनसम्मका महत्वपूर्ण जिम्मेवारी रहेका दुई महानिर्देशनालयको नेतृत्व एकैपटक सम्हाल्ने अवसरलाई उनको भावी नेतृत्वको तयारीका रूपमा अर्थ्याउन थालिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७