एकैपटक फेरिए १४ जिल्लाका सिडिओ, २३ सहसचिव र उपसचिवको सरुवा


२०८३ भदौ २१ आइतबार १८:३८ बजे
फाइल फोटो

काठमाडौं : गृह मन्त्रालयले २३ जना सहसचिव तथा उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। जसअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत फेरिएका छन् । गृहले भदौ १८ गते गरेको निर्णयअनुसार सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरिएको हो ।

सरुवाअनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ भने झापाका सिडिओ शिवराम गेलाललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । त्यस्तै, सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालाई सुर्खेतको सिडिओको जिम्मेवारी दिइएको छ । यसैगरी जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीलाई बाराको सिडिओमा सरुवा गरिएको छ भने बाराका सिडिओ धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको सिडिओमा सरुवा गरिएको छ ।  गोरखाका सिडिओ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय वा अन्तर्गत तानिएको छ। 

मन्त्रालयले २३ जना सहसचिव तथा उपसचिवको सरुवा तथा पदस्थापन गरेसँगै जिल्ला प्रशासन कार्यालयहरूको नेतृत्वमा समेत फेरबदल भएको हो । जसअनुसार खोटाङकी सिडिओ रेखा कँडेललाई दोलखाको सिडिओको जिम्मेवारी दिइएको छ भने दोलखाका सिडिओ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ। रोल्पाका सिडिओ गंगाबहादुर क्षेत्रीलाई पर्वतको सिडिओ र पर्वतका सिडिओ लक्ष्मीप्रसाद पौडेललाई रौतहटको सिडिओमा सरुवा गरिएको छ। रौतहटका सिडिओ दिनेश सागर भुसाललाई गृह मन्त्रालय, सिंहदरबारमा तानिएको छ।

हेर्नूहोस् विस्तृत विवरणः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७