अच्युतमणि नेउपाने सचिवमा बढुवा
काठमाडौं : सरकारले सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई सचिवमा बढुवा गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेको हो।
सरकारले बढुवासँगै नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको हो।
.gif)

.png)


