गृहले पठायो उदयपुर र अर्घाखाँचीमा नयाँ सिडिओ


२०८३ असोज २३ शुक्रबार १८:३६ बजे

काठमाडौं : गृह मन्त्रालयले दुई सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएको छ।

मन्त्रालयको असोज २३ गतेको निर्णयअनुसार सहसचिव कृष्णबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय उदयपुर र सहसचिव विष्णुप्रसाद ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको हो।

दुवै सहसचिव गृह मन्त्रालय वा मातहतका निकायमा कार्यरत थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७